मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार राजनीति १४ असोज २०८३, बुधवार

कांग्रेस मोरङ–६ को क्षेत्रीय अधिवेशनमा झडप, नेता–कार्यकर्ता घाइते

Nepal Akhbar
क्रियाशील सदस्यता विवादपछि अधिवेशनस्थलमा तोडफोड र हातपात, डीला संग्रौलामाथि पनि हातपात

विराटनगर, १४ असोज – नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप भएको छ। सुन्दरहरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विवाद बढेपछि तोडफोड र हातपात भएको हो।

अधिवेशनमा बुधबार मनोनयनको कार्यसूची थियो। तर, उद्घाटन कार्यक्रम सुरु हुनुअघि नै विवाद उग्र बनेपछि तोडफोड र कुटपिट भएको तथा अधिवेशन प्रभावित भएको बताइएको छ।

घटनामा कांग्रेस मोरङ–६ का क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार, नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको बताइएको छ। यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण यस क्षेत्रअन्तर्गतका वडा अधिवेशन समयमै हुन सकेका थिएनन्।

मोरङ–६ नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कोइराला यसपटकको कांग्रेस महाधिवेशन प्रक्रियाबाट अलग रहेको अवस्थामा उनको निकट समूहका कार्यकर्ताले अधिवेशन बिथोल्न खोजेको कांग्रेस संस्थापन पक्षले आरोप लगाएको छ।

यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारी कोइरालानिकट नेता देवराज तामाङले सम्हाल्दै आएका थिए। केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो।

बुधबार अधिवेशनस्थलमा तामाङ पनि उपस्थित थिए। उनले अधिवेशन सुरु हुनुअघि नै असन्तुष्ट पक्षले तोडफोड गरेको बताए। आफू निकट कार्यकर्ताले तोडफोड गरेको भन्ने आरोप अस्वीकार गर्दै उनले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण असन्तुष्ट वडाका प्रतिनिधिहरूले विरोध गरेको दाबी गरे।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार