मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार ८ असोज २०८३, बिहीबार

ट्रम्प प्रशासनलाई झट्का: सीएनएनसहित तीन मिडियामाथिको ह्वाइट हाउस प्रतिबन्ध रोकियो

Nepal Akhbar
अमेरिकी सङ्घीय अदालतद्वारा १४ दिने अस्थायी आदेश, प्रेस पास तत्काल पुनर्बहाली गर्न निर्देशन

काठमाडौं, ७ असोज । अमेरिकी सङ्घीय अदालतले ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोमाथि लगाएको प्रतिबन्ध तत्कालका लागि रोकिदिएको छ।

न्युयोर्क टाइम्सका अनुसार, अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे. केलीले राष्ट्रपति ट्रम्पको उक्त आदेश असंवैधानिक हुन सक्ने भन्दै १४ दिने अस्थायी आदेश जारी गरेका हुन्। आदेशमार्फत ह्वाइट हाउसलाई ती तीन सञ्चारमाध्यमका पत्रकारहरूको प्रेस पास तत्काल फिर्ता गरी पहुँच पुनर्बहाली गर्न निर्देशन दिइएको छ।

अदालतको आदेशसँगै गत शुक्रबारदेखि सुरु भएको विवाद तत्कालका लागि रोकिएको छ। राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ती सञ्चारमाध्यमहरूको रिपोर्टिङका कारण उनीहरूलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए।

त्यसपछि शनिबार सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस परिसरमा प्रवेश गर्न रोक लगाइएको थियो।

ह्वाइट हाउसको निर्णयविरुद्ध सोमबार तीनवटै सञ्चारमाध्यमले अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूले ट्रम्प प्रशासनको कदमले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको दाबी गरेका थिए।

अदालतको पछिल्लो आदेशपछि प्रतिबन्धमा परेका सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउसमा पुनः प्रवेश गरी रिपोर्टिङ गर्ने बाटो खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार