मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २९ असोज २०८३, बिहीबार

राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही

Nepal Akhbar
दशैँ, तिहार र छठलाई लक्षित गर्दै राजमार्गका होटल, रेस्टुरेन्ट तथा मिठाई पसललाई खाद्य स्वच्छता लोगो अनिवार्य गर्न निर्देशन, मापदण्ड उल्लङ्घन गरे कानुनी कारबाही हुने

२९ असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता र गुणस्तर कायम राख्न निर्देशन दिएको छ। विभागले मापदण्ड उल्लङ्घन गरी खाद्य पदार्थ बिक्री तथा वितरण गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

विभागले बिहीबार जरुरी सूचना जारी गर्दै राजमार्गमा यात्रा गर्ने यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई तोकिएका मापदण्ड अनिवार्य रूपमा पालना गर्न सचेत गराएको छ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरी खाना, खाजा तथा नास्ता बिक्री गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिनेछ।

त्यस्तै, सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्थाअनुसार स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

खाद्य स्वच्छता कायम राख्न १३ बुँदे निर्देशन

विभागले खाद्य व्यवसायीलाई यात्रुको स्वास्थ्य सुरक्षाका लागि निम्न कार्यहरू अनिवार्य रूपमा अवलम्बन गर्न भनेको छ।

१. स्वच्छ र गुणस्तरीय खानेकुरा मात्र उपलब्ध गराउने।

२. उपभोग्य अवधि (म्याद) बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्ने।

३. खाद्य पदार्थ बिक्री गर्ने सोकेस वा कक्षमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउने।

४. भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा तथा स्वच्छ राख्ने।

५. कामदार तथा कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिने।

६. सफा भाँडाकुँडामा खाना पकाउने र खानेकुरा पस्किने।

७. स्वच्छ तथा गुणस्तरीय पानी मात्र प्रयोग गर्ने।

८. स्वच्छ र गुणस्तरीय कच्चा पदार्थ मात्र प्रयोग गर्ने।

९. खानेकुरा राम्ररी पकाएर मात्र बिक्री तथा वितरण गर्ने।

१०. पकाएको र नपकाएको खानेकुरा छुट्टाछुट्टै राख्ने।

११. खानेकुरा उचित मूल्यमा मात्र बिक्री गर्ने।

१२. खानेकुरालाई सुरक्षित तापक्रममा राखेर संरक्षण गर्ने।

१३. बासी, झिँगा भन्केका, सडेगलेका तथा धुवाँ, धुलो वा फोहोर पानीबाट दूषित भएका खानेकुरा बिक्री नगर्ने।

विभागले चाडपर्वका समयमा राजमार्गमा यात्रुको आवागमन बढ्ने भएकाले खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने जनाएको छ। यात्रुको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन खाद्य व्यवसायीलाई तोकिएका मापदण्ड पालना गर्न र उपभोक्तालाई पनि खाना तथा खाजा खरिद गर्दा स्वच्छतामा ध्यान दिन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार