काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ।>
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगअन्तर्गत कर्पोरेशनले ५० लाख रुपैयाँ उपलब्ध गराएको हो।>
त्यस्तै, कर्पोरेशनका कर्मचारीको तलबबाट कट्टा गरी संकलन गरिएको १० लाख रुपैयाँसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।>
कर्पोरेशनले विपद्बाट प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर गरिरहेको जनाएको छ।>
विपद्को कठिन परिस्थितिमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानप्रति ऐक्यबद्धता जनाउँदै कर्पोरेशनले प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।>
साल्ट ट्रेडिङले विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको सहज आपूर्तिका लागि आफ्नोतर्फबाट निरन्तर सहयोग गर्ने जनाएको छ।>
>>