मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २१ भाद्र २०८३, आइतबार

क्यासिनोमा जुवा खेल्दै गरेको आरोपमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

Nepal Akhbar
वीरगञ्जको गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोनबाट प्रहरी इन्स्पेक्टर, गाउँपालिका अध्यक्ष र क्यासिनोका चार कर्मचारी पक्राउ

वीरगञ्जमा क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित आठ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव रहेका छन्। उनीहरूसँगै सोही स्थानका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारीलाई समेत पक्राउ गरिएको छ। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार