मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार २९ असोज २०८३, बिहीबार

राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम

Nepal Akhbar
५२औँ जुनियर डिभिजनको वार्षिक सामूहिक क्याम्पमा भोजपुरको कटका माध्यमिक विद्यालय प्रथम, १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी

भोजपुर — नेपाली सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दलको तालिम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाको भावना विकास गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

विद्यालयस्तरमा सञ्चालित तीनमहिने तालिमअन्तर्गत भोजपुरको अरुण गाउँपालिकास्थित कटका माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, मोरङमा असोज ८ देखि २८ गतेसम्म सञ्चालन भएको ५२औँ जुनियर डिभिजन पहिलो चरणको वार्षिक सामूहिक क्याम्पमा कटका माध्यमिक विद्यालय प्रथम भएको हो।

भलिबललगायत विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले पहिलो स्थान प्राप्त गरेको हो। यस वर्ष विद्यालयस्तरीय तालिम असार १ गतेदेखि असोज १ गतेसम्म सञ्चालन गरिएको थियो।

तालिम सम्पन्न भएपछि आयोजित वार्षिक सामूहिक क्याम्पमा विभिन्न जिल्लाका १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी भएका थिए। क्याम्पमा विद्यार्थीले विभिन्न प्रतियोगिता तथा अभ्यासमा सहभागी हुँदै आफ्नो शारीरिक क्षमता, अनुशासन, सहकार्य र नेतृत्व कौशल प्रदर्शन गरेका थिए।

कार्यक्रम समापनका अवसरमा भोजपुरमा तालिम सञ्चालन तथा व्यवस्थापनमा योगदान पुर्‍याएको भन्दै श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी मनोज ढुङ्गेललाई प्रशंसापत्र प्रदान गरिएको थियो।

नेपाली सेनाका अनुसार राष्ट्रिय सेवा दलको तालिमले विपद्का समयमा उद्धार तथा मानवीय सेवामा योगदान गर्न सक्ने जनशक्ति तयार पार्नुका साथै युवालाई राष्ट्रनिर्माण र राष्ट्रिय सुरक्षा प्रवर्द्धनमा जिम्मेवार भूमिका निर्वाह गर्न अभिप्रेरित गर्छ।

विद्यालयका अनुसार यस्तो तालिमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास गर्न सहयोग पुर्‍याउँछ। विद्यालय तहदेखि नै विद्यार्थीलाई तालिममा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाप्रतिको भावना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार