काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य तीव्र बनाइएको छ। उद्धार प्रयास महत्वपूर्ण चरणमा पुगेका बेला गृहमन्त्री सुधन गुरुङ शुक्रबार घटनास्थल पुगेका छन्।>
उद्धारस्थल पुगेर गृहमन्त्री गुरुङले सुरुङभित्र भइरहेको खोजी तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे सम्बन्धित अधिकारी तथा उद्धार टोलीसँग जानकारी लिएका छन्।>
नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्भावित उद्धारलाई ध्यानमा राख्दै नेपाली सेनाको स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको छ। उद्धार गरिएका व्यक्तिलाई तत्काल उपचार उपलब्ध गराउन सेनासँग समन्वय गरी हेलिकप्टर, ग्राउन्ड एम्बुलेन्स, यातायात तथा अस्पतालसमेत तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।>
सुरुङभित्र फसेकाहरूसँग दोहोरो संवाद
प्राधिकरणका अनुसार उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूसँग दोहोरो संवाद गर्न सफल भएको छ। भित्रबाट प्रतिक्रिया दिने व्यक्तिहरूले आफूहरू एकभन्दा बढी रहेको संकेत गर्दै ‘हामी धेरै छौँ’ भनेको बताइएको छ।>
यससँगै लामो समयदेखि सम्पर्कविहीन रहेका आयोजनाका कर्मचारी तथा कामदार जीवितै रहेको आशा बढेको छ।>
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। उद्धारकर्मीहरू सुरुङभित्र फसेका व्यक्तिसम्म सुरक्षित रूपमा पुग्ने प्रयासमा निरन्तर खटिएका छन्।>
सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज तथा प्रतिक्रिया प्राप्त भएको पुष्टि भएपछि उद्धार कार्यप्रति थप आशा जागेको छ।>
बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको विभिन्न संरचनामा क्षति पुगेपछि सुरुङभित्र काम गरिरहेका केही कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका थिए। त्यसयता नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक तथा अन्य उद्धारकर्मी निरन्तर खोजी तथा उद्धार कार्यमा खटिएका छन्।>
उद्धार टोलीका अनुसार सुरुङभित्र मानिसको आवाज सुनिएको र सम्पर्क स्थापित भएपछि अहिले उनीहरूसम्म सुरक्षित रूपमा पुगेर बाहिर निकाल्ने प्रयासलाई प्राथमिकता दिइएको छ।>
Kathmandu: Search and rescue operations have been intensified for individuals trapped inside the tunnel of the Upper Trishuli-3 'A' Hydroelectric Project. Home Minister Sudhan Gurung reached the site on Friday as the rescue efforts entered a critical phase.>
Upon arriving at the rescue site, Home Minister Gurung was briefed by relevant officials and the rescue team on the latest situation regarding the ongoing search and rescue efforts inside the tunnel.>
According to the Nepal Electricity Authority (NEA), a Nepalese Army medical team has been kept on standby anticipating potential rescues. The Authority stated that in coordination with the army, helicopters, ground ambulances, transportation, and hospitals have also been readied to provide immediate medical treatment to rescued individuals.>
Two-Way Communication Established with Trapped Individuals
According to the NEA, the rescue team has successfully established two-way communication with the people inside the tunnel. Those responding from inside indicated that there are multiple people trapped, reportedly stating, "There are many of us.">
This development has raised hopes for the survival of the project's employees and workers who had been out of contact for a long time.>
A joint rescue team from the Nepalese Army and the Armed Police Force has entered the tunnel and is ramping up search and rescue operations. Rescuers are working continuously to reach the trapped individuals safely.>
Hope for a successful rescue operation has grown stronger following confirmation that voices and responses from multiple individuals were heard inside the tunnel.>
After flooding damaged various structures of the Upper Trishuli-3 'A' Hydroelectric Project, several employees and workers inside the tunnel lost contact. Since then, the Nepalese Army, Armed Police Force, technical personnel from the Nepal Electricity Authority, and other rescuers have been continuously deployed in search and rescue operations.>
According to the rescue team, human voices were heard inside the tunnel, and now that contact has been established, the top priority is to safely reach them and bring them out.>>