मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार शेयर २८ असोज २०८३, बुधवार

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, परिसूचक २६२१ विन्दुमा

Nepal Akhbar
२१.३२ अङ्कले बढ्यो नेप्से, चार अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं, २८ असोज। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर २ हजार ६२१ दशमलव २६ विन्दुमा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १ दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव ६३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक १ दशमलव ७१ अङ्कले बढेर १६० दशमलव ६८ विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका १ करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर खरिदबिक्री भएका छन्। ती शेयरको कुल कारोबार रकम ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँ पुगेको छ।

कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। आज १८८ कम्पनीको शेयर मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार एसबीएल डिबेञ्चर, नेपाल एसबीआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। त्यस्तै, सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार