२६ भदौ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।>
यसअघि साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ रहेको थियो। त्यसयता सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ।>
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>
बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको थियो।>
यससँगै पछिल्ला दिनमा सुनचाँदीको बजारमा मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ।>
>>