मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार स्वास्थ्य २२ असोज २०८३, बिहीबार

इच्छाकामनाको नयाँ १५ शय्याको अस्पतालबाट सेवा सुरु

Nepal Akhbar
रु. १४ करोड ५० लाख लागतमा निर्माण भएको अस्पतालमा ओपीडीदेखि एक्सरे, भिडियो एक्सरे, ल्याब र फिजियोथेरापीसम्मका सेवा उपलब्ध

चितवन, २२ असोज — चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा निर्माण गरिएको १५ शय्याको नयाँ आधारभूत अस्पताल भवनबाट सेवा सुरु भएको छ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार लामो समयको प्रयासपछि रु. १४ करोड ५० लाख लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइएको हो। आर्थिक वर्ष २०७९/८० बाट निर्माण सुरु गरिएको भवन जग्गासम्बन्धी विवादका कारण केही समय प्रभावित भए पनि विवाद समाधान भएपछि निर्माणले गति लिएको थियो।

सन्तोषी जेभी नुवाकोटले निर्माण गरेको भवनमा उपचारका लागि आवश्यक उपकरण तथा पूर्वाधार जडान गरिएको छ। हाल पुरानो अस्पतालमा रहेका उपकरणबाट परीक्षण तथा सेवा सञ्चालन भइरहेको र आगामी दिनमा संघ तथा प्रदेश सरकारसँग समन्वय गरी थप आधुनिक उपकरण ल्याउने तयारी रहेको अध्यक्ष गुरुङले बताए।

नयाँ भवनबाट ओपीडी, माइनर ओटी, आँखा, दाँत, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे र भिडियो एक्सरेलगायत सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ। हाल सञ्चालनमा रहेका सेवामा थप सात नयाँ सेवा विस्तार गर्ने योजना पनि पालिकाको छ।

अस्पतालमा एक जना कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्टसहित चार जना मेडिकल अफिसर, नर्स तथा पारामेडिक्स र ल्याब असिस्टेन्ट रहने व्यवस्था गरिएको छ। हाल पालिकाको दरबन्दीमा दुई जना चिकित्सक तथा प्रदेशको छात्रवृत्ति करारमा एक जना चिकित्सक कार्यरत छन्। थप चिकित्सकसहित आवश्यक जनशक्तिका लागि संघीय सरकारसँग माग गरिएको अध्यक्ष गुरुङले बताए।

गाउँपालिकाको पुरानो नगर अस्पतालबाट दैनिक १५० देखि २०० जनासम्म बिरामीले सेवा लिँदै आएका छन्। नयाँ भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको अस्पतालका मेडिकल अधिकृत डा. अभिषेक लिम्बूले बताए।

पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा अस्पताल रहेकाले चितवनको इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका नागरिकले समेत सेवा लिन सक्ने गाउँपालिकाको विश्वास छ। राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारलाई समेत सहज बनाउन अस्पताललाई आगामी दिनमा ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए।

अस्पताल भवनको औपचारिक उद्घाटन भने असोज २५ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार