काठमाडौं – भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयात र तस्करी नियन्त्रण गर्न माग गर्दै नेपाली पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।>
>
प्रदर्शनमा सहभागी किसानहरूले चल्लासहित उपस्थित हुँदै भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयातका कारण नेपाली पोल्ट्री व्यवसाय गम्भीर रूपमा प्रभावित भएको बताएका छन्। उनीहरूले तत्काल तस्करी नियन्त्रण गरी स्वदेशी पोल्ट्री उद्योगको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।>
>
किसानहरूले बजारमा बिचौलियाको चलखेलका कारण आफूहरूले उत्पादनको उचित मूल्य नपाएको गुनासो गरेका छन्। उनीहरूले पोल्ट्री क्षेत्रमा गरिएको किसानहरूको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति निर्माण तथा बजार अनुगमनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।>
त्यस्तै, नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागतका आधारमा किसानलाई उचित मूल्य सुनिश्चित गर्नुपर्ने प्रदर्शनकारीहरूको माग रहेको छ। किसानहरूले अवैध आयात नियन्त्रण गर्न सरकार गम्भीर नभए स्वदेशी पोल्ट्री व्यवसाय र किसानको लगानी थप संकटमा पर्ने चेतावनीसमेत दिएका छन्।>
>>