मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

मनोरञ्जन खेलकुद २३ श्रावण २०८३, शनिबार

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

Nepal Akhbar
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

काठमाडौँ। मैदानमा गम्भीर घाइते भई उपचाररत नेपाली युवा फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन् । 

मलेसियास्थित ‘एन पेनाङ एफसी’को विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कुल ११ लाख ८४ हजार १६१ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ ।

आशिषको उपचार खर्च जुटाउने मुख्य उद्देश्यका साथ मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजबाट २१,१४४ मलेसियन रिङ्गिट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन भएको थियो। 

उक्त अभियानलाई ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियास्थित ‘नेपबोर्न एफसी’ले थप ४ लाख रुपैयाँ हस्तान्तरण गरेपछि कुल रकम करिब १२ लाख रुपैयाँ पुगेको हो ।

मैत्रीपूर्ण सिरिज र भेटेरान्स म्याचमार्फत सहयोग संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन भएका थिए।

यसैगरी, खेल भावना र सहयोगको सन्देश फैलाउन भेटेरान्सतर्फ समेत विशेष खेल समेत आयोजना गरिएका थिए। एन पेनाङ एफसी भेटेरान्स र झापा भेटेरान्स बीच खेलिएको मैत्रीपूर्ण खेलहरूबाट संकलित सम्पूर्ण रकम आशिष राईको उपचार कोषमा जम्मा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार