मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार २६ भाद्र २०८३, शुक्रबार

अमेरिकामा जागिर गुमाउने H-1B कर्मचारीको ६० दिने छुट हटाउने प्रस्ताव

Nepal Akhbar
नयाँ जागिर वा स्पन्सर खोज्न दिइँदै आएको समय हटाउने ट्रम्प प्रशासनको तयारी

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जागिर गुमाएका विदेशी कामदारलाई नयाँ रोजगारी वा नयाँ स्पन्सर खोज्न दिइँदै आएको ६० दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ।

प्रस्तावित नियममा एच–१बी भिसामा काम गरिरहेका दक्ष विदेशी कर्मचारीसहित अन्य अस्थायी वर्क भिसा भएका कामदारलाई समेत समेटिएको छ। अमेरिकी सरकारले बिहीबार अनलाइन सार्वजनिक गरेको सूचनामार्फत प्रस्तावित परिवर्तनबारे जानकारी दिएको हो।

अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले फेडरल रजिस्टरमा प्रकाशित गरेको प्रस्तावित नियमअनुसार एच–१बी तथा अन्य अस्थायी वर्क भिसा भएका कर्मचारीको रोजगारी समाप्त भएपछि उनीहरूले तत्काल अमेरिका छाड्नुपर्ने व्यवस्था गर्न खोजिएको छ।

हालको व्यवस्थाअनुसार निश्चित परिस्थितिमा जागिर गुमाएका एच–१बी भिसाधारीले नयाँ रोजगारदाता वा स्पन्सर खोज्न सीमित समय पाउँदै आएका छन्। प्रस्तावित परिवर्तन कार्यान्वयन भएमा यस्तो सुविधा हट्नेछ।

यसबाट ठूलो संख्यामा दक्ष विदेशी कर्मचारीमा निर्भर रहेका अमेरिकी प्रविधि कम्पनीलगायत व्यवसायमा असर पर्न सक्ने देखिएको छ। यद्यपि, होमल्यान्ड सेक्युरिटी विभागले प्रस्तावित परिवर्तनका कारण केही कम्पनीको काममा असर पर्न सक्ने स्वीकार गर्दै ती पदमा अमेरिकी कामदारलाई नियुक्त गर्न सकिने धारणा राखेको छ।

जनवरी २०२५ मा दोस्रोपटक सत्तामा फर्किएपछि ट्रम्प प्रशासनले कानुनी आप्रवासनलाई थप सीमित गर्ने विभिन्न कदम अघि बढाउँदै आएको छ। यसक्रममा दक्ष विदेशी कर्मचारीका लागि भिसा शुल्क बढाउने निर्णयसमेत गरिएको छ।

यसैबीच, नयाँ प्रशिक्षण कार्यक्रम लागू गर्ने प्रक्रियाका क्रममा विश्वभर रहेका अमेरिकी नियोगमा आप्रवासी भिसाका अपोइन्टमेन्टमा अस्थायी रोक लगाइएको जनाइएको छ।

प्रस्तावित नियमले विदेशी दक्ष कामदार, विशेषगरी एच–१बी भिसामा कार्यरत कर्मचारी र उनीहरूमा निर्भर अमेरिकी कम्पनीबीचको रोजगारीसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार