गोरखा — भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु हिमाल आरोहणका लागि मौसम प्रतिकूल बनेपछि आरोहीहरू बीचबाटै फर्किन थालेका छन्।>
मनास्लु क्षेत्रमा दुई सातासम्म मौसम खुल्ने प्रतीक्षा गर्दा पनि अनुकूल अवस्था नआएपछि आरोहीहरू धमाधम घर फर्किन थालेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए।>
उनका अनुसार मनास्लु क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले आसपासका क्षेत्रमा करिब पाँच फिटसम्म बाक्लो हिमपात भएको छ।>
“यस्तो अवस्था यसअघि कहिल्यै देखिएको थिएन। पानी र हिउँ निरन्तर परिरहेको छ,” वडाध्यक्ष लामाले भने।>
सरकारले समेत असोज ८ गतेदेखि १२ गतेसम्म सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेपछि आरोहीहरू थप जोखिम नलिई फर्किन थालेको उनले बताए।>
मनसुनको प्रभाव कायम रहँदा मनास्लु क्षेत्रमा वर्षा र हिमपात बढेपछि आरोहण गतिविधि प्रभावित भएको हो। मौसममा सुधार नआएसम्म आरोहणका लागि अनुकूल अवस्था नहुने स्थानीयको भनाइ छ।>
>>