मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |
मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र शेयर ५ असोज २०८३, सोमबार

र्‍यान्समवेयर आक्रमणपछि नेप्सेको कारोबार स्थगित

Nepal Akhbar
७२ ब्रोकरको टीएमएस होस्ट गर्ने डेटा हबको पूर्वाधारमा साइबर आक्रमण, प्रणाली सुरक्षित गर्न कारोबार रोकियो

५ असोज, काठमाडौं । ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) होस्ट गर्ने डेटा हब प्रालिको पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको सम्पूर्ण सेयर कारोबार स्थगित गरेको छ।

डेटा हबका अनुसार टीएमएस होस्टिङ पूर्वाधारमा भएको साइबर आक्रमण जेठ ४ गते बिहान करिब साढे ५ बजे पहिचान गरिएको थियो। कम्पनीले ७२ वटा कारोबार सदस्य अर्थात् ब्रोकर कम्पनीको सर्भर होस्टिङ गर्दै आएको छ।

डेटा हबले वाईको प्रालिलाई पठाएको पत्रमा उक्त घटना र्‍यान्समवेयर आक्रमण भएको स्पष्ट उल्लेख गरेको छ। र्‍यान्समवेयर आक्रमणमा प्रणाली वा डेटामा पहुँच रोक्ने तथा डेटा प्रयोग गर्न नसकिने बनाउने प्रयास हुन्छ।

आक्रमण अन्य जडान भएका नेटवर्क तथा प्रणालीमा समेत फैलिएको हुन सक्ने सम्भावना रहेकाले प्रभावित प्रणाली तत्काल अनलाइनमा नल्याइएको डेटा हबले जनाएको छ।

कम्पनीले घटनाको पूर्ण प्रभावबारे अनुसन्धान तथा फरेन्सिक विश्लेषण गरिरहेको र आवश्यक सुरक्षा तथा डेटा पुनःप्राप्तिका उपाय अपनाइरहेको जनाएको छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार डेटा हबको पूर्वाधारमा समस्या देखिएपछि उक्त आक्रमण नेप्सेको प्रणालीमा फैलिन नदिन प्रभावित प्रणालीलाई अलग्गै राखिएको हो।

“डेटा हबको पूर्वाधारमै समस्या आएपछि त्यस्तो आक्रमण नेप्सेको प्रणालीमा आउनबाट रोक्नका लागि आइसोलेसन गरेका हौँ,” पराजुलीले भने।

डेटा हबले घटना हुनुअघि सम्पूर्ण पूर्वाधारको पछिल्लो ब्याकअप जेठ ४ गते बिहान ४ बजे लिइएको जनाएको छ। उक्त ब्याकअप सुरक्षित गरी अलग्गै राखिएको कम्पनीको भनाइ छ।

टीएमएस अन्य सम्बन्धित प्रणालीसँग जडान भएकाले प्रणाली पुनः अनलाइनमा ल्याउनुअघि फरेन्सिक विश्लेषण तथा आवश्यक सुधारात्मक उपाय पूरा गर्नुपर्ने अवस्था आएको डेटा हबले जनाएको छ।

यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएपछि नेप्सेले सोमबारको कारोबार स्थगित गरेको हो।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार कारोबार स्थगित गरिएको जनाएको छ। उक्त व्यवस्थाअनुसार विशेष परिस्थिति, प्राविधिक समस्या वा प्रणालीगत जोखिम उत्पन्न भएमा नेप्सेले नियमित सेयर कारोबार स्थगित वा बन्द गर्न सक्छ।

नेप्सेका प्रवक्ता पराजुलीले नेप्सेको नियन्त्रणमा रहेको कारोबार प्रणाली (नट्स) लाई सुरक्षित राख्न आवश्यक व्यवस्था गरिएको दाबी गरे।

“संसारभर साइबर आक्रमणलाई शून्य बनाउन सकिँदैन। यस्ता जोखिमबाट हुन सक्ने क्षति न्यूनतम गर्न पर्याप्त व्यवस्था गरिएको छ,” उनले भने।

तर लगानीकर्ताले भने पटक–पटक कारोबार अवरुद्ध हुने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसिराम ढकालले कहिले सर्भर डाउन र कहिले साइबर आक्रमणका कारण कारोबार बन्द हुँदा लगानीकर्ताको सम्पत्ति जोखिममा परेको बताए।

उनका अनुसार यस्ता समस्या पटक–पटक देखिए पनि नेप्से, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालय गम्भीर बन्न नसक्नु चिन्ताको विषय हो।

“कतिपय लगानीकर्तालाई आजै सेयर बेचेर पैसा जोहो गर्नुपर्ने बाध्यता होला, तर कारोबार नै नभएपछि हामी अन्यायमा पर्‍यौँ,” ढकालले भने।

उनले पूँजी बजारमा करिब ८० लाख लगानीकर्ता संलग्न रहेको उल्लेख गर्दै सुरक्षित र विश्वका ठूला पूँजी बजारमा प्रयोग भइरहेका प्रविधि अपनाउन अर्थ मन्त्रालयले पहल गर्नुपर्ने बताए।

नेपालको पूँजी बजारको आकार हाल करिब ४५ खर्ब ५३ अर्ब रुपैयाँ बराबर रहेको भन्दै ढकालले यति ठूलो सम्पत्ति पटक–पटक जोखिममा पर्न सक्ने अवस्थाले लगानीकर्तामा त्रास सिर्जना गरेको बताए।

यस विषयमा सम्बन्धित पक्षसँग बुझ्ने काम भइरहेको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिएका छन्।

डेटा हबले प्रभावित प्रणालीलाई फरेन्सिक विश्लेषण तथा आवश्यक सुरक्षा प्रक्रिया पूरा गरेपछि सकेसम्म छिटो पुनः सञ्चालनमा ल्याउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार