मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार खेलकुद २७ भाद्र २०८३, शनिबार

यूएईलाई हराउँदै नेपालले जित्यो एससी प्रिमियर कप, एसिया कपमा स्थान पक्का

Nepal Akhbar
फाइनलमा यूएईमाथि ४४ रनको शानदार जित; नेपाल दोस्रोपटक एकदिवसीय एसिया कपमा छनोट

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले तेस्रो संस्करणको एससी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियामा सम्पन्न फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि दोस्रोपटक आफ्नो नाममा गरेको हो।

उपाधिसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ। नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर पाएको हो। यसअघि सन् २०२३ मा पनि नेपालले यूएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो।

फाइनलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा समेटियो। यूएईका राहुल चोपडाले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतले अविजित १०० रन बनाए पनि उनको शतकीय पारी टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यूएईका लागि सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए।

नेपालका लागि करण केसीले तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक–एक विकेट हात पारे।

त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार गरेको थियो।

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाए। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको दोस्रो शतक हो।

त्यस्तै, गुलशनकुमार झाले आक्रामक अर्धशतक बनाए। उनले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन जोडे। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुलशनको छैटौँ अर्धशतक हो।

नेपालका लागि अर्जुन कुमालले ४३, कप्तान रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए।

यूएईका इब्रार अहमदले चार विकेट लिए भने खुजैमा तनवीरले दुई तथा हैदर अली र अबीद उस्मानीले एक–एक विकेट लिए।

यो जितसँगै नेपालले प्रिमियर कपको उपाधि मात्र नभई सन् २०२७ को एसिया कपमा आफ्नो स्थान पनि पक्का गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार