काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।>
पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।>
प्रहरीका अनुसार मग्रान्तीले भदौ २९ गते काठमाडौंस्थित एक घरबाट सुनका गरगहना चोरी गरेको आरोप छ। घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोही दिन साँझ उनलाई पक्राउ गरेको हो।>
पक्राउ परेका मग्रान्तीको साथबाट १३८ ग्राम बराबरका सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।>
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>>