मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार ६ असोज २०८३, मङ्गलबार

मल अभाव हुन नदिन सरकारले १० अर्बको स्रोत सुनिश्चित गर्‍यो

Nepal Akhbar

काठमाडौं — आगामी खेती सिजनमा किसानले रासायनिक मलको अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले सरकारले मल खरिद तथा आपूर्तिको पूर्वतयारी तीव्र बनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता प्राप्त भइसकेको छ।

बजेटको टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक परिमाणमा रासायनिक मल खरिद गर्न छिट्टै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

विगतका वर्षमा मुख्य खेती सिजनमा किसानले मल अभाव र आपूर्ति समस्याको सामना गर्नुपरेको भन्दै यसपटक समयमै प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।

किसानका समस्या र आगामी खेती सिजनको आवश्यकतालाई ध्यानमा राख्दै मल खरिद तथा आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। समयमै खरिद प्रक्रिया सम्पन्न गरी आवश्यक मल उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार