मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २७ भाद्र २०८३, शनिबार

गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर महिलाको मृत्यु

Nepal Akhbar
मदाने गाउँपालिकामा बारीमा नांगो तारमार्फत छोडिएको करेन्टमा परेकी ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु, एक जना पक्राउ

२७ भदौ, गुल्मी । गुल्मीमा जंगली जनावर धपाउन बारीमा छोडिएको करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ।

मदाने गाउँपालिका–१ ओख्लेदहमा बारीमा नांगो तारमार्फत छोडिएको करेन्ट लागेर मदाने गाउँपालिका–४ की ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार बारीधनी सन्तबहादुर बिष्टले जंगली जनावर धपाउन नांगो तारमा करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टमा परेर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

खत्री नातिसहित भतिजीको घरमा जाने क्रममा ओख्लेदह पुगेकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेको थियो। खोजी गर्ने क्रममा उनी करेन्ट लागेको अवस्थामा फेला परेकी थिइन्।

घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ।

बारीमा करेन्ट छोडेको आरोपमा प्रहरीले सन्तबहादुर बिष्टलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार