काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन संवाद भएको छ।>
संवादका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।>
रुबियोले विपद्को यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अमेरिकी सरकार तयार रहेको समेत बताएका छन्। उनले नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।>
जवाफमा रास्वपा सभापति लामिछानेले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।>
लामिछानेले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए।>
यस कठिन परिस्थितिमा अमेरिकी सरकारबाट प्राप्त सहयोग, सहानुभूति र ऐक्यबद्धताप्रति लामिछानेले रुबियोमार्फत अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।>
टेलिफोन संवादका क्रममा दुवै पक्षले विपद्का कारण उत्पन्न परिस्थितिमा आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने विषयमा समेत कुराकानी गरेको जनाइएको छ।>
>>