मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १७ असोज २०८३, शनिबार

विद्युत् सेवा थप प्रभावकारी बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

Nepal Akhbar
आपूर्ति, उपभोक्ता सेवा, लोड व्यवस्थापन, चुहावट नियन्त्रण र पूर्वाधार मर्मतमा विशेष ध्यान दिन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।

विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढिरहेको उल्लेख गर्दै विपद्का समयमा विद्युत् सेवा पुनः सञ्चालन गर्न कर्मचारीले गरेको कामको प्रशंसा गरे। सेवा सुधारका प्रयास सकारात्मक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।

मौसमी खराबीका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा उपभोक्तालाई समयमै सही सूचना उपलब्ध गराउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। वितरण कार्यालयहरूले विद्युत् समस्या आएलगत्तै आवश्यक कदम चाल्दै नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने उनले बताए।

हेटौँडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसअनुसार आवश्यक पूर्वतयारी गर्न र विद्युत् महसुल तथा बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिए।

उनले हेटौँडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख हबका रूपमा विकास हुँदै गएको तथा नेपालको ऊर्जा मेरुदण्डका रूपमा यसको भूमिका महत्वपूर्ण बन्दै गएको बताए। सोहीअनुसार आवश्यक संरचनागत तयारी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार