पर्वत । मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरबाट करिब १० तोला सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।>
पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ बाजुङका करिब ३० वर्षीय खड्कबहादुर कुँवर रहेका छन्। प्रहरीले चोरी भएका करिब १० तोला सुनका गरगहनासहित उनलाई मोदी गाउँपालिका–६ उपल्लो डिमुवाबाट नियन्त्रणमा लिएको जनाएको छ।>
पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>
>>