मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार १७ श्रावण २०८३, आइतबार

श्रीलङ्काको जेलमा भीषण दङ्गा, एक कैदीको मृत्यु, सयौँ सैनिक परिचालन

Nepal Akhbar

क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरी नायब महानिरीक्षक सञ्जिव मेदावाट्टेका अनुसार राजधानी कोलम्बोनजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो ।

“शान्ति–व्यवस्था पुनःस्थापना गर्न र कैदीहरूलाई कोठामा फर्काउन सशस्त्र बल तथा विशेष कार्यदल (एसटीएफ) का कमान्डोको सहयोग लिइएको छ”, मेदावाट्टेले जेलबाहिर पत्रकारहरूसँग भने । उनका अनुसार दङ्गाका क्रममा कैदीहरूले जेलको भान्साघर, अस्पताल, नवनिर्मित पुनःस्थापना भवन तथा व्यावसायिक तालिम केन्द्रमा क्षति पुर्‍याएका छन् । महारा जेलमा चार हजार १०० कैदीबन्दी राखिएका थिए, जुन जेलको क्षमताभन्दा करिब चार गुणा बढी हो ।

श्रीलङ्काका अन्य कारागारमा पनि क्षमताभन्दा बढी कैदी राख्ने समस्या रहेको अधिकारीले बताएका छन् । सन् २०२० को नोभेम्बरमा पनि यही जेलमा भएको दङ्गामा गोली चल्दा ११ कैदीको मृत्यु भएको थियो भने करिब १२० जना घाइते भएका थिए । पछिल्लो घटना सोही क्षेत्रको अर्को जेलमा भएको दङ्गाको करिब एक महिनापछि भएको हो ।

उक्त घटनामा १० सुरक्षाकर्मी र २१ कैदीको मृत्यु भएको थियो । गत महिना श्रीलङ्काली अधिकारीले प्रयोगविहीन सरकारी भवनलाई जेलमा परिणत गर्ने योजना सार्वजनिक गरेका थिए । देशका जेलमा रहेका कैदीमध्ये तीन चौथाइभन्दा बढी मुद्दाको फैसला पर्खिरहेका पुर्पक्षका बन्दी रहेको र उनीहरूमध्ये अधिकांश लागुऔषधसम्बन्धी कसुरमा थुनामा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार