काठमाडौं, ९ असोज । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>
>>