मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १ असोज २०८३, बिहीबार

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा जाने

Nepal Akhbar
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार महासभामा नेपालको राष्ट्रिय हित, कूटनीतिक प्राथमिकता र जलवायु परिवर्तनका मुद्दा उठाइने

काठमाडौं, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको नेतृत्वमा आफू सहितको नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने जानकारी दिएका हुन्।

उनका अनुसार संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि सुरु हुँदैछ। महासभामा नेपालको सहभागिताका क्रममा राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।

मन्त्री खनालले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ।’

बिहीबारको समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग समेत छलफल गरिएको थियो। छलफलका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।

मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता मुलुकका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार