मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

Nepal Akhbar

सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो । यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि  कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्यु  हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ ।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागु रहने छ ।

अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार