मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |
मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार १० असोज २०८३, शनिबार

भोटेकोशी बाढीपछि रसुवाको सडक सञ्जाल ठप्प, खाद्यान्न अभाव बढ्दै

Nepal Akhbar
सडक अवरुद्ध हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव, कृषि उपज बारीमै कुहिँदै; बिरामीलाई हेलिकप्टरमार्फत अस्पताल लैजानुपर्ने बाध्यता

रसुवा, १० असोज — भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ भने किसान र व्यवसायी आर्थिक समस्यामा परेका छन्।

बाढी गएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन्। लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका थोक व्यापारीसमेत प्रभावित भएका छन्।

रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङका अनुसार बाढीअघि सहज रूपमा सामान ढुवानी हुने र बजार मूल्य पनि तुलनात्मक रूपमा सस्तो थियो। अहिले सडक नहुँदा सामान ल्याउन कठिन भएको र ढुवानी खर्च अत्यधिक बढेको उनले बताए।

“सडक नहुँदा सामान ल्याउनै सकिँदैन। पाइहाले पनि एकपटकको ढुवानी खर्च मात्रै ५० हजार रुपैयाँभन्दा बढी लाग्ने गरेको छ,” उनले भने, “सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाललाई तत्काल जोडिदिए व्यापारी र आम उपभोक्ता दुवैलाई सहज हुने थियो।”

स्थानीय व्यवसायी सुन्दर श्रेष्ठले पनि पहिले मागअनुसार सहज रूपमा सामान भित्रिने गरेकामा अहिले अवस्था पूर्णरूपमा बदलिएको बताए।

सडक अवरुद्ध हुँदा किसानले उत्पादन गरेका कृषि उपजसमेत बजारसम्म पुर्‍याउन सकेका छैनन्। भौगोलिक रूपमा विकट क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा उत्पादन गरेको बन्दाकोपी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको छ।

गतलाङका स्थानीय फुर्पु सिङ्गी तामाङले लाखौँ रुपैयाँ बराबरको बन्दाकोपी बारीमै नष्ट भएको बताए।

“बाढी गएको एक महिना बित्यो। राहतले केही महिना पुग्ला तर सधैँ पुग्दैन। कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो,” उनले भने, “त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ।”

सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य सेवामा समेत गम्भीर समस्या देखिएको छ। जटिल अवस्थाका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन्।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि हेलिकप्टरको खर्च धान्न कठिन छ।

“जटिल बिरामी पर्दा पैसा हुनेहरू हेलिकप्टरमार्फत काठमाडौं जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ,” उनले भने, “त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन।”

दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः जोड्न नुवाकोट तथा अन्य क्षेत्रबाट एस्काभेटर र डोजर ल्याएर सडक खुलाउने काम भइरहेको छ।

“सडक खुलाउने काम भइरहेको छ। डाइभर्सन तथा पुल निर्माण गर्न केही समय लाग्ने देखिएको छ,” प्रजिअ पाण्डेले भने, “निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय र सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ।”

बाढीपछि लामो समयसम्म सडक सञ्जाल सञ्चालनमा आउन नसक्दा रसुवाको खाद्यान्न आपूर्ति, कृषि उत्पादन, व्यापार तथा स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको छ।


प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार