मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र व्यापार १३ असोज २०८३, मङ्गलबार

भारतीय कर नीतिले जुट उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण

Nepal Akhbar
भारतको एन्टी डम्पिङ ड्युटी र काउन्टरभेलिङ ड्युटी अनुसन्धानले नेपाली जुट उद्योग र किसान प्रभावित हुन सक्ने सांसद डाँगीको भनाइ।

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर नीतिका कारण नेपालको जुट उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद डाँगीले नेपाली जुट उद्योगको संरक्षणका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरिन्। उनले भारतले नेपाली जुटजन्य उत्पादनमा वृद्धि गरेको ‘एन्टी डम्पिङ ड्युटी’ तथा जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी उद्योगमा प्रत्यक्ष असर परेको बताइन्।

जुट उद्योग समस्यामा पर्दा हजारौँ मजदुरको रोजगारी प्रभावित हुने र किसानले उत्पादन गरेको जुटले बजार नपाउँदा सडकमा फाल्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिइन्। यसले कृषि क्षेत्रसँगै समग्र औद्योगिक उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

सांसद डाँगीले सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि पहल गर्नु सकारात्मक भए पनि सञ्चालनमा रहेका उद्योगलाई संरक्षण गर्न नसक्नु विडम्बनापूर्ण भएको बताइन्।

उनले भनिन्, “सरकारले बन्द रहेका उद्योग खोल्ने नीतिमा मात्र सीमित नभएर हाल सञ्चालनमा रहेका उद्योगलाई टिकाउन सक्ने दिगो औद्योगिक नीति तर्जुमा गर्न आवश्यक छ।”

डाँगीले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुसार जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइन्।

नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने वातावरण बनाउन आवश्यक कूटनीतिक तथा वाणिज्यिक वार्तालाई तीव्रता दिनुपर्ने उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार