मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार २० असोज २०८३, मङ्गलबार

नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र क्यारिबियन महिला लेखक चर्चामा

Nepal Akhbar
१८ सदस्यीय स्विडिस एकेडेमीले बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गर्ने

स्टकहोम — यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र क्यारिबियन महिला लेखकहरूको नाम चर्चामा आएको छ। पश्चिमी पुरुष लेखकको वर्चस्व रहेको भन्दै आलोचना हुँदै आएको पुरस्कारमा यसपटक विविधता देखिन सक्ने साहित्यिक समीक्षकहरूले अनुमान गरेका छन्।

१८ सदस्यीय स्विडिस एकेडेमीले बिहीबार दिउँसो यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गर्नेछ। सार्वजनिक रूपमा छोटोसूची उपलब्ध नहुने र नामाङ्कनसम्बन्धी अभिलेख ५० वर्षसम्म गोप्य राखिने भएकाले सम्भावित विजेताबारे विभिन्न अनुमान भइरहेका छन्।

एन्टिगुआमा जन्मिएर अमेरिकामा बस्दै आएकी ७७ वर्षीया जमैका किनकेड र चीनकी लेखिका कान सु यस वर्ष चर्चामा रहेका नाम हुन्। किनकेडका कृतिमा क्यारिबियन संस्कृति, परिवार, पहिचान तथा उपनिवेशवादका विषय प्रमुख रूपमा समेटिएका छन्। कान सुको प्रयोगात्मक लेखनलाई भने फ्रान्ज काफ्काको शैलीसँग तुलना गरिन्छ।

हालसम्म १२२ साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकामा १८ जना मात्र महिला छन्। त्यस्तै, कुनै पनि अफ्रिकी भाषामा लेख्ने लेखकले हालसम्म यो पुरस्कार प्राप्त गरेका छैनन्।

सन् २०१८ को विवादपछि स्विडिस एकेडेमीमा व्यापक परिवर्तन गरिएको थियो। त्यसयता महिला लेखकको प्रतिनिधित्व बढेको बताइएको छ। यस वर्ष ल्याटिन अमेरिकी लेखकहरूको नामसमेत सम्भावित दावेदारका रूपमा चर्चामा आएको छ।

स्विडेनकी साहित्यिक आलोचक लिना कालमेटेगले नयाँ पुस्ताका महिला लेखकहरूको प्रभाव बढिरहेको बताएकी छन्। उनका अनुसार अर्जेन्टिनाकी ४८ वर्षीया सामन्ता स्वेब्लिन पनि सम्भावित नाममध्ये एक हुन्।

सम्भावित दावेदारमा अस्ट्रेलियाका जेराल्ड मुर्नाने र एलेक्सिस राइट, अमेरिकी लेखक थोमस पिन्चन, मेक्सिकन लेखिका क्रिस्टिना रिभेरा गार्जा, जर्मनीकी जेनी एर्पेनबेक तथा भियतनामकी डुओङ थु हुङको नाम पनि चर्चामा छ।

गत वर्ष हङ्गेरीका लास्लो क्रास्नहोरकाईले नोबेल साहित्य पुरस्कार प्राप्त गरेका थिए। यस वर्षका विजेताले १२ लाख अमेरिकी डलर, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार