मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २१ भाद्र २०८३, आइतबार

जेन–जी शहीदहरूको स्मृतिमा मेमोरियल पार्कको शिलान्यास

Nepal Akhbar
संसद् भवन परिसरमा निर्माण हुने पार्कको सरकार र शहीद परिवारद्वारा संयुक्त शिलान्यास

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन–जी मेमोरियल पार्कको शिलान्यास गरिएको छ।

आइतबार आयोजित कार्यक्रममा सरकार र जेन–जी शहीद परिवारका तर्फबाट संयुक्त रूपमा पार्कको शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै गृहमन्त्री सुदन गुरुङले देशका लागि ज्यान आहुति दिने जेन–जी शहीदहरूले देखेको सपना पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए।

उनले आन्दोलनका क्रममा उठेका आकांक्षा, शहीदहरूको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य हासिल गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले मेमोरियल पार्क निर्माण गर्नु मात्रै शहीद जेन–जीप्रति न्याय नहुने बताए। शहीदहरूले उठाएका विषय र उनीहरूको योगदानलाई सम्बोधन गर्न अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।

कार्यक्रममा भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकारका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गरे।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसको प्रत्यक्ष लाभ जनताको जीवनमा पुर्‍याउनु अहिलेको मुख्य आवश्यकता रहेको उनले बताए।

हजारौँ नागरिकका सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिई सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता पनि मन्त्री लम्सालले व्यक्त गरे।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मेमोरियल पार्क निर्माण गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार