मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १७ भाद्र २०८३, बुधवार

पृथ्वी राजमार्ग अवरुद्धपछि ग्यास ढुवानीका लागि वैकल्पिक रुट तय

Nepal Akhbar
हेटौंडालाई बेस–प्वाइन्ट बनाएर काठमाडौंसम्म ग्यास ढुवानी, प्रतिट्रक ८० हजार रुपैयाँ भाडा निर्धारण

१७ भदौ, काठमाडौं । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकार र व्यवसायीबीच नयाँ सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायसहित बसेको बैठकले एलपी ग्यास ढुवानीका लागि वैकल्पिक सडक प्रयोग गर्ने र ढुवानी भाडादर निर्धारण गर्ने निर्णय गरेको हो।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार ग्यास बोकेका ट्रक तथा बुलेटलाई स्कर्टिङसहित सुरक्षित गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास अभाव हुन नदिन खाली सिलिन्डर संकलन गरी हेटौंडातर्फ पठाउने र त्यहाँ ग्यास भरेर पुनः काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको चन्दले जानकारी दिए।

उनका अनुसार ट्रक व्यवसायीले तत्काल १५० देखि २०० वटासम्म गाडी उपलब्ध गराउन सक्ने बताएका छन्। काठमाडौंका नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिन्डर लिएर केही गाडी हेटौंडातर्फ जान थालिसकेका छन्। यो प्रक्रिया बिहीबारदेखि पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी छ।

हेटौंडालाई बेस–प्वाइन्ट बनाएर ८० हजार भाडा

बैठकले ग्यास ढुवानीका लागि हेटौंडालाई ‘बेस–प्वाइन्ट’ मानेर ढुवानी भाडा निर्धारण गरेको छ।

काठमाडौंमा खाली सिलिन्डर ल्याउने, हेटौंडामा ग्यास भर्ने र पुनः काठमाडौं पुर्‍याउने गरी १५ टन क्षमताको एक ट्रकका लागि ८० हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ। उक्त रकम भ्याटबाहेक हो।

अन्य उद्योग वा जिल्लाबाट ग्यास ढुवानी गर्नुपरेमा यही ८० हजार रुपैयाँलाई आधार मानेर दूरीअनुसार भाडा थपघट गरिने संघका अध्यक्ष चन्दले बताएका छन्।

जाने र फर्किने फरक रुट

वैकल्पिक सडकमा ट्राफिक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि ग्यास बोक्ने सवारीसाधनका लागि एकतर्फी रुट प्रयोग गर्ने सहमति भएको छ।

काठमाडौंस्थित खाली सिलिन्डर लिएर हेटौंडा जाने क्रममा त्रिभुवन राजपथ प्रयोग गरिनेछ भने हेटौंडाबाट ग्यास भरेर काठमाडौं फर्किँदा कान्ति राजपथ प्रयोग गरिने भएको छ।

कान्ति राजपथमा हाल ठूलो समस्या नरहेको बताइएको छ। त्रिभुवन राजपथमा पहिरो वा अन्य अवरोध आए तत्काल हटाएर यातायात सञ्चालनमा ल्याउन सडक विभागले प्रतिबद्धता जनाएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी, सडक विभागका अधिकारी, नेपाल आयल निगमको प्रादेशिक कार्यालय तथा केन्द्रीय कार्यालयका प्रतिनिधि र ट्रक व्यवसायी संघका प्रतिनिधिको सहभागिता थियो।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उत्पन्न आपूर्ति संकटलाई तत्काल सम्बोधन गर्न प्रशासन र व्यवसायीले वैकल्पिक रुट तथा ढुवानी व्यवस्था मिलाएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव टार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार