तिम्रो संविधानको पाना पानामा>
म रगतको छिट्टा देख्छु।>
>
तिम्रो संविधानको धारा उपधारामा>
म आफ्नो अधिकार खोज्छु।>
>
तिम्रो संविधानको हस्ताक्षर हुँदै गर्दा>
म आफ्नो छोराको दाहसंस्कार सम्झन्छु।>
>
संविधान त देशको ऐना हो,>
जहाँ म पूर्वाग्रहको परिणाम देख्छु।>
>
राजनीतिक सहमतिको दस्तावेज हो संविधान,>
जहाँ म बहिष्कारको संस्कार देख्छु।>
>
मेरो घरमा शोक परेको बेला>
तिम्रो होली उत्सवको लाल रङ्ग सम्झन्छु।>
>
- कृष्णा यादव (विद्यार्थी)>>