मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार ११ असोज २०८३, आइतबार

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न प्राधिकरणको काम तीव्र

Nepal Akhbar
प्युठानमा आजै ३३ केभी लाइन सञ्चालन गर्ने तयारी, रोल्पा र रुकुम पूर्वमा पनि मर्मत तीव्र

काठमाडौं — बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु गर्ने काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्युठानमा अर्घाखाँचीबाट आपूर्ति हुने ३३ केभी प्रसारण लाइन आज साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना छ। उक्त लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु हुनेछ।

यस्तै, लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको कन्डक्टरको रेस्ट्रिङ (मर्मत) भइरहेको छ। लगातारको वर्षाका कारण मर्मत कार्य केही प्रभावित भए पनि आज राति १० बजेसम्म लाइन सञ्चालनमा आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

१३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि प्युठानमा पूर्ण रूपमा तथा रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी क्षेत्रमा विद्युत् सेवा सुचारु हुने जनाइएको छ।

रोल्पाको पश्चिमी क्षेत्र होलेरीमा विद्युत् मर्मतका लागि प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ। सो क्षेत्रमा एक स्थानमा पाँचवटा स्प्यान कन्डक्टर पोलसहित ढलेको तथा अन्य चार स्थानमा रुखले पोल र तारमा क्षति पुर्‍याएको पाइएको प्राधिकरणले जनाएको छ। उक्त क्षेत्रमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ।

रोल्पाको थवाङतर्फ जाने प्रसारण लाइनमा भने ठूलो क्षति पुगेको जनाइएको छ। बाटो अवरुद्ध भएकाले प्राविधिक कर्मचारी समयमै घटनास्थल पुग्न नसकेका कारण क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

यसैगरी, सल्यान हुँदै रुकुम पूर्व जाने लाइन सल्यान वितरण केन्द्रअन्तर्गत अवरुद्ध भएको छ। पहिरोले पोलहरू बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको र भोलिसम्म मर्मत गरी विद्युत् सेवा पुनःस्थापना गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ।

हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भने स्थानीय राप्ती हाइड्रोमार्फत विद्युत् आपूर्ति भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार