काठमाडौं, ३ असोज — प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले वर्तमान सरकार विद्यमान संविधानप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।>
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।>
उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमानदार र निरन्तर सक्रिय हुन नसके संविधान कागजमा मात्रै सीमित हुने बताए ।>
प्रधानमन्त्री बालेनले सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दाबी गरे । उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न प्रतिबद्ध जनशक्ति पर्याप्त रहेको बताए ।>
‘म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन् । झन् धेरै छन्,’ उनले भने ।>
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले सरकार यस विषयमा सचेत रहेको बताए । उनले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको पनि बताए ।>
>
>>