मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १३ असोज २०८३, मङ्गलबार

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि १३ बालमैत्री केन्द्र सञ्चालनमा

Nepal Akhbar
नेपाल रेडक्रस र युनिसेफको सहयोगमा स्थापित केन्द्रमा ४६२ बालबालिकाको हेरचाह

काठमाडौं — विपद्बाट प्रभावित बालबालिकाको संरक्षण तथा उनीहरूको मनोसामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले रसुवा जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा स्थापना तथा सहजीकरण गरेका यी केन्द्रमा भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराइएको छ।

स्थापना गरिएका १३ केन्द्रमध्ये नौ वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको प्रक्रियामा रहेका छन्। हाल सञ्चालनमा रहेका केन्द्रमा ४६२ बालबालिकाको हेरचाह भइरहेको नेपाल रेडक्रस सोसाइटी, रसुवा शाखाले जनाएको छ।

केन्द्रमा बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोगसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्। विपद्पछि सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीहरूसँग घुलमिल हुन तथा सिर्जनात्मक गतिविधिमा सहभागी हुन केन्द्रले बालबालिकालाई अवसर प्रदान गरेको छ।

केन्द्रमा रहेका ४६२ बालबालिकामध्ये २१९ जना बालक र २४३ जना बालिका छन्। उमेर समूहका आधारमा पाँच वर्षमुनिका ८८ जना र पाँच वर्षभन्दा माथिका ३७४ जना बालबालिका रहेका छन्।

केन्द्रमा आश्रय लिइरहेका बालबालिकामध्ये एक जना अपांगता भएका बालबालिका रहेको नेपाल रेडक्रस सोसाइटी, रसुवा शाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार