मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १७ असोज २०८३, शनिबार

कांग्रेसको १५औँ महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारीमा

Nepal Akhbar
प्रतिनिधिका लागि निःशुल्क स्वास्थ्य परीक्षण, औषधि तथा आकस्मिक उपचारको व्यवस्था

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य सेवाका लागि ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइने भएको छ।

महाधिवेशन स्थल खुलामञ्चको पश्चिमतर्फ पाँच वटा स्टलसहित हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीले जानकारी दिए। हेल्थ डेस्कबाट प्रतिनिधिको सामान्य स्वास्थ्य परीक्षणसँगै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

डा. केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। प्रत्येक सिफ्टमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहितको स्वास्थ्य टोली रहनेछ। डेस्कबाट रक्तचाप र रक्तचिनी परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।

प्रतिनिधिलाई थप उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।

रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ‘अन कल’ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या आएमा आवश्यकताअनुसार होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको डा. केसीले बताए।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कबाट आयुर्वेद र एलोपेथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुनेछ। अत्यावश्यक औषधिहरू समेत हेल्थ डेस्कमै उपलब्ध गराइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार