काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ र चाँदीको मूल्य १४५ रुपैयाँले घटेको हो।>
आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५ हजार रुपैयाँले घटेको छ। महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।>
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>
>>