मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २१ असोज २०८३, बुधवार

गड्डाचौकीमा भन्सार छली ल्याइएको २ लाख ३६ हजार बढीको सामान बरामद

Nepal Akhbar
भारतीय नम्बर प्लेटका दुई स्कुटरसहित किराना सामान र कपडा बरामद

कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी सीमावर्ती क्षेत्रबाट भन्सार छली नेपाल ल्याइएका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट खटिएको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको स्कुटरसहित ६६ हजार ८ सय ७० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको हो।

बरामद सामानलाई आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा मुद्दा नम्बर २८३ अन्तर्गत दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, सोही दिन सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको अर्को एक थान स्कुटर तथा कपडा समेत बरामद गरेको छ। उक्त सामानको भन्सार मूल्य करिब १ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद स्कुटर तथा कपडा आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै घटनामा बरामद सामानको कुल भन्सार मूल्य करिब २ लाख ३६ हजार ८७० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार