मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १० असोज २०८३, शनिबार

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभा सकेर स्वदेश फर्किए

Nepal Akhbar
१४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका प्रधानमन्त्री शाह महासभामा सहभागी भएर शनिबार काठमाडौं फर्किए।

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।  प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गनेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।  प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।  त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालका तर्फबाट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालसँग सम्बन्धित विभिन्न विषय तथा अन्तर्राष्ट्रिय चासोका मुद्दा प्रस्तुत गरेका थिए।  भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागिता जनाएका थिए।  न्युयोर्कबाट दोहा हुँदै प्रधानमन्त्री शाह शनिबार अपराह्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार