मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १० भाद्र २०८३, बुधवार

रसुवाको भीषण बाढीपछि उच्च सतर्कता अपनाउन गगन थापाको आग्रह

Nepal Akhbar
भोटेकोशी र त्रिशूली आसपासका नागरिकलाई सुरक्षित रहन अपिल, उद्धार र राहतमा युद्धस्तरमा जुट्न सरकारसँग माग

काठमाडौं । रसुवामा अप्रत्यासित रूपमा आएको भीषण बाढीपछि उत्पन्न गम्भीर परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सभापति थापाले विज्ञप्ति जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अपिल गरेका हुन्।

उनले विपद्को यस घडीमा उद्धार तथा राहत कार्यलाई तत्काल प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्। साथै, राज्यका सम्पूर्ण संयन्त्रलाई युद्धस्तरमा परिचालन गर्दै प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।

विपद् व्यवस्थापन तथा राहत कार्यमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै थापाले सरकारको उद्धार तथा राहत अभियानमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, उनले नेपाली कांग्रेसका मातहतका सम्पूर्ण समिति, नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा तत्काल परिचालित हुन निर्देशन दिएका छन्।

विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित हुन सक्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा रहेका पार्टी नेतृत्व र कार्यकर्तालाई नदी किनारका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न, उद्धार कार्यमा सहयोग गर्न तथा राहत वितरणमा सक्रिय रूपमा जुट्न विशेष अपिल गरिएको छ।

बाढीका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय हुन आग्रह गरेको छ।

सभापति थापाले विपद्को समयमा नागरिकको जीउधनको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार