मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार १९ असोज २०८३, सोमबार

ग्रामीण तथा दुर्गम क्षेत्रमा ६ महिनामा ३५ किलोमिटर सडक कालोपत्र

Nepal Akhbar
६ महिनामा ३५.१६ किलोमिटर ग्रामीण सडक कालोपत्र, १५ सडक पुल र ४९ झोलुङ्गे पुल निर्माण सम्पन्न

काठमाडौं, १९ असोज — वर्तमान सरकार गठन भएयता पहिलो ६ महिनामा ग्रामीण काठमाडौं तथा दुर्गम क्षेत्रमा ३५.१६ किलोमिटर ग्रामीण सडक कालोपत्र गरिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको पहिलो ६ महिनाको उपलब्धि विवरणमा पूर्वाधार, ऊर्जा तथा कृषि विकासतर्फका प्रगति समेटिएका छन्।

यातायात तथा भवन पूर्वाधारअन्तर्गत ३५.१६ किलोमिटर ग्रामीण सडक कालोपत्र गर्नुका साथै १५ वटा सडक पुल र ४९ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको उल्लेख छ।

यस्तै, नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौं–तराई/मधेश द्रुतमार्गको भौतिक प्रगति ५०.०२ प्रतिशत पुगेको र महादेवटार सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको सरकारले जनाएको छ।

आन्दोलनका क्रममा क्षति पुगेका १३३ वटा सरकारी भवनको मर्मत तथा प्रबलीकरणसमेत सम्पन्न गरिएको विवरणमा उल्लेख छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ कुल विद्युत् जडित क्षमता ४ हजार २५८ मेगावाट पुगेको जनाइएको छ। पछिल्लो ६ महिनामा मात्रै १६१ मेगावाट विद्युत् प्रणालीमा थप भएको सरकारले जनाएको छ।

चालु आर्थिक वर्षमा १ हजार १९६ गिगावाट घण्टा विद्युत् निर्यात गरी करिब १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिएको विवरणमा उल्लेख छ। यस्तै, ६ महिनामा थप २ हजार ९४८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

कृषि तथा वन क्षेत्रतर्फ ६५ हजार ६०० उखु उत्पादक किसानलाई २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी प्रोत्साहन अनुदान वितरण गरिएको छ। बाली तथा पशुधन बीमा प्रिमियममा १ अर्ब २४ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको तथा २ लाख ५८ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको सरकारले जनाएको छ।

यस अवधिमा २६ लाख ७७ हजारभन्दा बढी किसान कृषि तथा किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्।

त्यसैगरी, कार्बन व्यापारमार्फत विश्व बैंकबाट ९.४ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३४ करोड रुपैयाँ वन विकास कोषमा प्राप्त भएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार