मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २८ असोज २०८३, बुधवार

लागूऔषध मुद्दामा रास्वपा सुरूङ्गा नगर सभापति साविर हुसेन पक्राउ

Nepal Akhbar
कार दुर्घटनापछि १३० किलो गाँजा बरामद भएको घटनामा उनी फरार रहेको प्रहरीको भनाइ

सप्तरी, २८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन्।

प्रहरीका अनुसार लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका हुसेनलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले सुरूङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारमा रहेको पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले हुसेन पक्राउ परेको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो। तर, कारका चालक भने फरार भएका थिए।

सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार