काठमाडौं, २८ असोज। नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम जारी छ। बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ। यससँगै पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको हो।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ थियो।>
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो। आइतबारको मूल्यसँग तुलना गर्दा तीन दिनमा सुन प्रतितोला ७ हजार रुपैयाँ सस्तिएको छ।>
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५५ रुपैयाँ थियो भने आइतबार ४ हजार ४४० रुपैयाँ रहेको थियो।>
>>