काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग कुनै असमझदारी नरहेको बताएका छन् । पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै सामाजिक सञ्जालमा लेखेको स्ट्याटसबारे पनि धारणा राखेका थिए ।>
‘कहिलेकाहीँ तपाईंहरूलाई रमाइलोका लागि लेखिदिनुहुन्छ । दुई जनाबीचको धारै अलग छ कि, झगडै परेछ कि क्या हो भन्नुहुन्छ । तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउँछ । यस्ता समाचार लेख्न नरोक्नुहोला,’ उनले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त पोएट कवि पनि हो नि, कलाकार पनि । आजको यत्रो भीडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ त ।’>
हरेक अर्थको शब्द खोज्न नमिल्ने भन्दै उनले सरकार र पार्टी नेतृत्वबीच कुनै असमझदारी नरहेको बताए ।>>