काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनवार्ता गर्दै नेपालमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।>
प्रधानमन्त्री मोदीले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्। उनले विपद्को यस कठिन घडीमा भारत नेपालका दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्ध रहेको बताएका छन्।>
फोनवार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपाललाई आवश्यक पर्ने सबै सम्भावित मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन दुवै देशका सम्बन्धित निकायबीच नजिकबाट समन्वय भइरहेको पनि उनले उल्लेख गरेका छन्।>
नेपालमा बाढीका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीको सहयोगको प्रतिबद्धता आएको हो। भारतले आवश्यक राहत सामग्री तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरिरहेको बताइएको छ।>
>>