मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र ३० भाद्र २०८३, मङ्गलबार

पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव, नेप्से ३५ अंकले बढ्यो

Nepal Akhbar
पूँजी बजार सुधार कार्ययोजना सार्वजनिक भएपछि कारोबारको पहिलो घण्टामै ३ अर्ब ४४ करोडको सेयर कारोबार

काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभाव बुधबार सेयर बजारमा देखिएको छ। कारोबार सुरु भएको पहिलो एक घण्टामै नेप्से परिसूचक ३५ अंकले बढेको छ।

पहिलो एक घण्टाको कारोबारपछि नेप्से परिसूचक १.३९ प्रतिशतले बढेर २ हजार ६२० अंकमा पुगेको छ। कारोबार खुलेको एक मिनेटमै नेप्से २ हजार ६७९ अंकसम्म पुगे पनि त्यसपछि केही करेक्सन हुँदै २ हजार ६२० अंकको आसपास कायम भएको हो।

बजारमा कारोबार रकमसमेत उल्लेख्य बढेको छ। पहिलो एक घण्टामै ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार भने पूरा चार घण्टाको कारोबार अवधिमा ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो।

बुधबार पहिलो एक घण्टामा सबै समूहगत सूचक उकालो लागेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, लघुवित्त, अन्य र व्यापार समूहका सूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।

यस अवधिमा २५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

पहिलो एक घण्टामा जोशी हाइड्रोपावरको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ। उन्नति सहकार्य लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य पनि करिब ४ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा भने अपी पावर, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।

सरकारले पूँजी बजारको सुधार र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यसहित कार्ययोजना सार्वजनिक गरेपछि त्यसको प्रभाव बजारमा सकारात्मक रूपमा देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार