गण्डकी। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थलमा हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन र लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ।>
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार यस्ता गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने भएकाले सार्वजनिक रूपमा सूचना जारी गरी सबैलाई सचेत गराइएको हो।>
विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ। यस्ता कार्यले चराचुरुङ्गी तथा अन्य वन्यजन्तुको गतिविधि बढाउन सक्ने र त्यसले विमानको उडान तथा अवतरणमा जोखिम निम्त्याउन सक्ने विमानस्थल कार्यालयले जनाएको छ।>
विमानस्थलले फोहोरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।>
सूचनाको अवज्ञा गरी निषेधित गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।>
>>