मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार राष्ट्रिय समाचार २१ असोज २०८३, बुधवार

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट, राष्ट्र बैंकले दियो निर्देशन

Nepal Akhbar
राष्ट्र बैंक तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध हुने, नयाँ नोट बजारमा ल्याउने परिपाटी क्रमशः घटाउँदै लगिने

काठमाडौँ — नेपाल राष्ट्र बैंकले दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटको विषयमा अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकमार्फत सुकिला र सफा नोट उपलब्ध हुने व्यवस्था गरिएको हो।

उनका अनुसार पैसा सटही गर्नु नियमित काम भएकाले यसका लागि छुट्टै प्रचार वा सूचना जारी गर्न आवश्यक नरहेको राष्ट्र बैंकको बुझाइ छ। चाडपर्वको मुखमा भोटेकोशी बाढीबाट ठूलो क्षति भएकाले दसैँका लागि नयाँ नोट वितरणसम्बन्धी औपचारिक सूचना जारी नगरी आवश्यक व्यवस्था मिलाइएको उनले बताए।

प्रवक्ता पौडेलले असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइरहेको जानकारी दिए।

राष्ट्र बैंकले विगत चार–पाँच वर्षदेखि चाडपर्व लक्षित नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको पनि पौडेलले बताए।

उनका अनुसार भदौ ३१ गतेसम्म नेपालमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको करेन्सी इन सर्कुलेसन रहेको छ। दसैँको समयमा उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने राष्ट्र बैंकको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित समाचार