मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २ असोज २०८३, शुक्रबार

ग्रे जोनको रिपोर्टबारे सरकारका प्रवक्ता पोखरेलको प्रश्न : फलोअर नै नभएको रिपोर्टको के अर्थ?

Nepal Akhbar
ग्रे जोनको रिपोर्टलाई लिएर राजनीतिक वृत्तमा बहस, रवि लामिछानेले विश्वसनीयतामाथि प्रश्न उठाए

काठमाडौं । अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रे जोन’ले नेपालबारे प्रकाशित गरेको रिपोर्टलाई सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा रहेको फलोअरको संख्यासँग तुलना गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको सवाल–जवाफका क्रममा पत्रकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायतलाई जोडेर प्रकाशित ग्रे जोनको रिपोर्टको वास्तविकताबारे प्रश्न गरेका थिए। जवाफमा पोखरेलले रिपोर्ट सही वा गलत भएको विषयमा प्रत्यक्ष टिप्पणी नगरी त्यसको सामाजिक सञ्जाल फलोअरको संख्या कम रहेको भन्दै आलोचना गरे।

उनले पत्रकारलाई सम्बोधन गर्दै आफ्नो मिडियाको फलोअर र ग्रे जोनको फेसबुक फलोअरको तुलना गरेका थिए। पोखरेलले ग्रे जोनको फेसबुक फलोअर करिब ७० हजार मात्र रहेको र त्यस्तो प्रकाशनको रिपोर्टलाई लिएर नेपालमा धेरै चर्चा गरिएको दाबी गरे।

पोखरेलले फलोअरको संख्या मात्रै कुनै सञ्चारमाध्यमको आधिकारिकता निर्धारण गर्ने आधार नभए पनि अमेरिकी समाजमा ग्रे जोनको खास प्रभाव नरहेको जिकिर गरे। उनका अनुसार नेपालमा त्यसबारे चर्चा भए पनि अमेरिकामा यसको खास चर्चा नरहेको उनको दाबी थियो।

गत भदौ २३ गते सार्वजनिक भएको ग्रे जोनको रिपोर्टमा नेपालका केही राजनीतिक दल तथा नेताहरूको उदय र पछिल्ला राजनीतिक गतिविधिमा अमेरिकी संस्थाहरूको भूमिका रहेको दाबी गरिएको थियो।

रिपोर्टमा प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सागर ढकाल र सुधन गुरुङलगायतको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी (एनईडी) र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आईआरआई) जस्ता संस्थाको भूमिका रहेको दाबी गरिएको थियो।

त्यस्तै, युवा नेतृत्व विकास तथा ‘नीति संवाद’ लगायतका कार्यक्रमका लागि अमेरिकी संस्थाबाट बजेट परिचालन भएको दाबी पनि रिपोर्टमा गरिएको थियो।

रिपोर्ट सार्वजनिक भएपछि नेपाली राजनीतिक वृत्तमा यसबारे बहस भएको छ। नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेल तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतले सरकार र सम्बन्धित नेताहरूले रिपोर्टमा गरिएका दाबीबारे स्पष्ट पार्नुपर्ने धारणा राखेका छन्।

रास्वपा सभापति रवि लामिछानेले भने रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाउँदै त्यसमा आधारहीन दाबी गरिएको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारमा पत्रकारहरूले रिपोर्टबारे प्रश्न गर्दा उनले आफूले रिपोर्ट नपढेको र विश्वसनीयता नभएको सामग्रीलाई समय नदिने बताएका थिए।

अर्थमन्त्री वाग्लेले दिएनन् प्रतिक्रिया

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसहित केही नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरिएको रिपोर्टबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै प्रतिक्रिया दिएनन्।

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई ग्रे जोनको रिपोर्टबारे प्रश्न गरेका थिए। प्रधानमन्त्री र सांसदहरूको नामसमेत जोडिएको भन्दै रिपोर्टको वास्तविकताबारे धारणा सार्वजनिक गर्न आग्रह गरिए पनि वाग्लेले कुनै जवाफ दिएनन्।

पत्रकारहरूले रिपोर्ट वास्तविक हो कि झूटो भन्ने विषयमा समेत प्रश्न दोहोर्‍याए। तर वाग्ले मौन रहँदै सरकारी गाडीतर्फ अघि बढेका थिए। पत्रकारहरूले थप प्रश्न गरिरहँदा पनि उनले कुनै प्रतिक्रिया नदिई गाडी चढेर त्यहाँबाट बाहिरिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार