मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार राजनीति ९ असोज २०८३, शुक्रबार

भारी वर्षाको सम्भावनापछि मकवानपुर कांग्रेसको क्षेत्रीय अधिवेशन सर्‍यो

Nepal Akhbar
भोलि शनिबार हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते हुने

मकवानपुर – भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरमा तय भएका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ।

जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले शुक्रबार सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाको सूचनाका साथै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्तिका आधारमा अधिवेशनको मिति सारिएको जानकारी दिएका हुन्।

नयाँ कार्यतालिकाअनुसार शनिबार हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अब असोज १३ गते हुनेछ भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते आयोजना गरिनेछ।

भारी वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै कांग्रेसले अन्य जिल्लामा पनि शनिबारका लागि तय गरिएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू आवश्यकता अनुसार पुनःनिर्धारण गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार